
सुनचाँदी ब्यवशायी महासंघ गण्डकी प्रदेशमा गौतमको प्यानल बिजयी
नेपाल सुनचाँदी ब्यवशायी महासंघ गण्डकी प्रदेशको कमिटिमा केन्द्रिय सदस्य चन्द्रकिशोर गौतमको प्यानल नै बिजयी बनेको छ ।
मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आथ्यितामा सोमवार पोखरामा भएको अधिवेशनमा गौतम प्यानलले वुद्धीबहादुर गहतराजको प्यानलाई पराजित गरेको हो ।

गौतमको प्यानलबाट बिजयी हुनेहरुमा उप सभापति जिबन बराईली, कृष्णबहादुर विश्वकर्मा, सचिव रबिन विश्वकर्मा, कोषाध्यक्ष नेत्र बहादुर बिश्वकर्मा, सह कोषाध्यक्ष पूणर्बहादुर विश्वकर्मा रहेका छन् । सदस्यहरुमा हरि गहतराज, मेघनाथ रामदाम, शान्ता विश्वकर्मा, हिमलाल विश्वकर्मा, ओमबहादुर विश्वकर्मा र बिकास सदासंकर रहेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आथियत्तामा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो । गौतम प्यानलले ४० र पराजित गहतराज प्यानलले २५ भोट ल्याएका थिए । नौ वटा जिल्लाबाट ७/७ जना र एक जना एसोसियट सदस्य सहित ६४ जनाले अधिवेशनमा भाग लिन पाउने ब्यवस्था थियो ।




