
सार्वजनिक मुद्धामा सजायँ तोकिएका तीनजना पक्राउ
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा रहेको गोरखा प्रहरीले सोमवार तीनजनालाई पक्राउ गरेको छ ।
बिभिन्न सार्वजनिक मुद्धाको आरोप लागेर सजायँ तोकिएका तर फरार रहेका सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटका ३३ वर्षीय मनोज गुरुङ, ३१ वर्षका बिकास तामाङ र ३१ वर्षका राजकुमार तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए ।
उनीहरुलाई सोमवार नै जिल्ला अदालत पेश गरिएको छ । साउनयता ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारवाहीका लागि सिफारिस गरिएको उनले बताए ।




