| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिका भित्र आइशोलेसनमा १० जना

गोरखा नगरपालिकाभित्र होम आइशोलेसनमा नौ जना कोरोना संक्रमित रहेका छन् । सामुहिक आइसोलेशनमा एकजना मात्र रहेका छन् ।
स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीका अनुसार ६ जना महिला र तीन जना पुरुष होम आइशोलेसनमा छन् भने एक जना पुरुष गोरखा अस्पतालको आइशोलेसनमा छन् ।


अहिले मनकामना बहिरा आबासीय विद्यालयका क्वारेन्टिनमा दुई जना मात्रै बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए । अहिलेसम्म उक्त क्वारेन्टिनमा २८ जना महिला र दुई सय ११ जना पुरुष बसिसकेका छन् ।


नगरपालिकाभित्र पाँच सय ३६ जना महिला र एक हजार चार सय पाँच जना पुरुषको कोरोना परीक्षण गरिएको छ । ३३ जना महिला र ५२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्