| सोमवार, कार्तिक २३, २०८३

सुत्केरी व्यथाले थलिएकी फुजेलकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार

सुत्केरी व्यथाले थलिएकी फुजेलकी एक महिलालाई हेलिकप्टरमार्फत पोखराको अस्पताल पुर्‍याइएको छ ।
गण्डकी गाउँपालिका ४ कौदीकी देवी गुरुङलाई आइतवार बिहान हेलिकोप्टरमा उद्धार गरी गण्डकी अस्पतालमा पुर्‍याइएको हो ।
शनिबार बिहानदेखि सुत्केरी व्यथाले थलिएकी गुरुङको बच्चा जन्मिन नसकेपछि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा उनलाई उद्घार गरी पोखरा लगिएको स्थानीयले बताए ।
उनको शल्यक्रियाबाट बच्चा जन्मिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
अहिले बच्चा र आमाको स्वास्थ अवस्था सामन्य रहेको गण्डकी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्