| आइतवार, कार्तिक २२, २०८३

४१ औँ सामाजिक सेवा दिबस बिभिन्न कार्यक्रम गरि मनाईँदै

गैरसरकारी संस्था महासंघ गोरखाको आयोजनामा असोज ६ गतेदेखि बिभिन्न कार्यक्रम गरी ४१ औँ सामाजिक सेवा दिबस मनाइएको छ । दिबसको अवसर पारेर शनिवार जिल्लामा रहेका क्रियाशिल गैरसरकारी संस्थाहरु बिच गैरसरकारी संस्थामा सुशासन संम्बन्धि अन्तक्रिया कार्यक्रम भएको हो ।


सोच नेपालको समन्वयमा दिबसको अवसरमा उक्त कार्यक्रम गरिएको गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठले बताए । यस अघि पहिलो दिन शसस्त्र र जनपथ प्रहरीलाई कोभिड संक्रमण हुन बाट जोगाउन स्वास्थ्य शुसरक्षा सामाग्री बितरण गरिएको थियो । फेस सिल, मास्क, सेनिटाईजर, ग्लोब्स बितरण गरिएको गैरसरकारी संस्था महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


दोस्रो दिन वृद्धवृद्धालाई सम्मान गरिएको थियो । जेष्ठ नागरिक संघ गोरखा समन्वयमा २५ जना वृद्धवृद्धालाई एउटा लौरो एउटा हर्लिक्स, एउटा साबुन प्रदान गरिएको र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यी सबै कार्यक्रम गोरखामा क्रियासिल गैरसरकारी संस्थाको सहयोगमा संचालन भएको हो ।

असोज १२ गते सम्म सामाजिक सेवा दिबस मनाईने र दुईवटा कार्यक्रम संचालन गर्न अझै बाँकी रहेको महासंघले जनाएको छ । शहिदलखन गाउँपालिकाका पहिरो पिडित ७८ घरधुरीलाई खाद्यान्न र आरुघाट गाउँपालिकाका कोभिड प्रभावितलाई खाद्यान्न सहयोग गर्ने कार्यक्रम रहेको गैसस महासंघका अध्यक्ष सिताराम श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्