| आइतवार, कार्तिक २२, २०८३

निजी आवास पुननिर्माण र विपत ब्यवस्थापन बारे कार्यशाला सम्पन्न

गोरखामा शुक्रवार निजी आवास पुननिर्माण तथा विपद् ब्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । भारत सरकारबाट सहयोग प्राप्त नेपाल आबास पुन निर्माण परियोजनाको सहयोग, गोरेटो गोरखाको सहजिकरण र जिल्ला समन्वय समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा गोरखा जिल्लाको निजी आबास पुन निर्माणको अवस्था, समस्या, चुनौतीका बारेमा प्रस्तुति तथा अन्तरक्रिया भएको थियो । जिल्ला आयोजना कार्यन्वयन ईकाई भबनकी प्रमुख सुनिता श्रेष्ठ र अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख रामशरण आचार्यले अहिले सम्मको पुनर्निर्माण अवस्था बारे जानकारी गराएका थिए । विपत जोखिम न्यूनिकरणका बारेमा गोरेटो गोरखाका कार्यकारी निर्देशक पवनरमण खनाल, पुनर्निर्माणको बारेमा नेपाल आबास पुन निर्माण परियोजना गोरखाका संयोजक राम सापकोटा, परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले अहिलेसम्म आयोजनाले गरेको कामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, संचारकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो । सहभागीहरुल्े पुन निर्माण सत प्रतिशत सिध्याउनमा समस्या पहिचान गरी अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, उपप्रमुख जानुका अधिकारी, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्