
सिरानचोकको खहरे सिल
सिरानचोक गाउँपालिका ७ स्थित खहरे बजार सिल गरिएको छ । भक्तपुरबाट कोरोना संक्रमित एक महिला आएपछि तत्कालका लागि खहरे बजार सिल गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
खहरे खोलाको पुल, बालज्योती प्रावी भबन क्षेत्र भित्रको बस्ती सिल गरिएको हो । उक्त क्षेत्रमा कोरोना संक्रमित महिलाको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरेर रिपोर्ट नआउँदा सम्म स्थानीयलाई घर भित्रै बस्न, पसल, ब्यापार ब्यवशाय बन्द गर्न अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ ।




