
भक्तपुरकी कोरोना संक्रमित एक महिला भागेर गोरखाको घरमा
भक्तपुरमा कोरोना पोजेटिभ देखिएकी ५१ बर्षकी एक महिला भागेर सिरानचोक ७ खहरे झोलुङ्गेस्थित आफ्नै घरमा आइपुगेकी छन् ।
गत असोज ५ गते रातीराती घरमा आई होम आइसोलेशनमा बसेकी स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन रामचन्द्र पाण्डेले जानकारी दिए । उनी भक्तपुरको हुकुम फर्मास्युटिकल्स औषधी कम्पनीमा काम गर्ने कर्मचारी रहेको पाइएको उनले बताए ।
उनी रातीराती ट्याक्सीमा भागेर आएको बुझिएको पाण्डेले बताए ।
संक्रमित आएर बसेका उनका परिबार बजार घुमफिर गरेकाले खहरे बजार क्षेत्रलाई सिल गर्ने निर्णय भएको उनले बताए ।




