गोरखा प्रहरीद्वारा ३९ जना फरार ब्यक्ति पक्राउ
जिल्ला प्रहरी कार्यालय गोरखाले दुई महिनाको अवधीमा ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट बिभिन्न मितिमा, बिभिन्न खाले अपराधमा संलग्न रहेकाहरुलाई पक्राउ गरी सजायाँ भुक्तान्तका लागि अदालत पेश गरिएको एसपी सुरेन्द्र गुरुङले बताए ।
‘अहिले सम्म ३९ जना पक्राउ परेका छन्’ उनले भने ‘हामीले यो अभियानलाई निरन्तरता दिएका छौँ, मतहतका चौकीपनि लागिरहेका छन्, यो संख्या अझै बढ्छ ।’ अदालतबाट मुद्धा फैसला भएपछि सजायाँ भुक्तान नगरी अदालतको आदेशलाई अटेरी गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको हो ।
मंगलवार पालुङटार नगरपालिका ३ बस्ने ३३ वर्षिय अर्जुन सिर्मललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चोरी मुद्धामा तीन हजार जरिवाना सजायाँ तोकिएका सिर्मल फरार रहेका थिए । उनलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




