| आइतवार, कार्तिक २२, २०८३

गोरखाका ६ वटा पालिकाका २८ जना डिस्चार्ज

गोरखामा बिभिन्न ६ वटा स्थानीय तहका २८ जना मंगलवार आइशोलेसनबाट डिस्चार्ज भएका छन् । निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर ठाकुर श्रेष्ठका अनुसार सात जना महिला र २१ जना पुरुष कोरोना निको भएर घर फर्किएका हुन् ।

जसमा सबैभन्दा धेरै बारपाक सुलिकोट गाउँपालिकाका ११ जना छन् । वडा नम्बर ३, ४, ५, ७ र ८ का १ महिला र १० पुरुष डिस्चार्ज भएका हुन् । गोरखा नगरपालिका वडा नं ६, ७ र १३ का ८ जना रहेका छन् । यस्तै पालुङटार ५ का एक जना, सिरानचोक ६ का दुई जना, भिमसेन थापा गाउँपालिका ७ र ८ का ५ जना र धार्चे गाउँपालिका ३ का एक जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

अब गोरखा क्याम्पस आईसोलेसनमा दुई जना मात्रै उपचाररत रहेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । यस अघि आइशोलेसनमा रहेकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाईन्थ्यो । अहिले भने १४ दिन बसेपछि बिना चेकजाँच पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्