
साउदीमा कोरोनाबाट ६६ जना नेपालीको मृत्यु
विश्वभर फैलिएको कोभिड १९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृत्यु भएको छ भने ४ हजार ४ सय संक्रमित भएका छन्।
साउदी जेद्धा वाणिज्य दुतावास कन्सुल भूवन पौड्यालका अनुसार जेद्धा रिजनमा कोरोनाबाट हालसम्म १४ जना नेपालीको मृत्यु भएको छ। दुतावास रियादले ५२ जना नेपालीको कोरोनाबाट मृत्यु भएको जानकारी गराएको छ।




