
प्याजको भाउ ७० रूपैयाँ कायम
पोखरामा प्याजको अधिकतम मूल्य ७० रूपैयाँ कायम गरिएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीहरूले कृत्रिम अभाव खडा गरी मूल्य बढाएपछि प्रशासनले प्याजको अधिकतम मूल्य तोकेको हो ।
प्रशासनले व्यवसायीसँगको छलफलपछि प्याजको अधिकतम खुद्रा मूल्य ७० रूपैयाँ कायम गरेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले जानकारी दिए ।
खुद्रा मूल्य ७० रूपैयाँ प्रतिकेजी तोकिए पनि थोक मूल्य भने ५५ रूपैयाँ कायम गरिएको उनले बताए । ‘तोकेभन्दा बढी लिएको पाइए कार्वाही गर्छौं,’ उनले भने ।




