| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य सुरक्षा नियमको उल्लंघन :पसलहरुमा निस्फिक्री भीड


निषेधाज्ञा हटेसँगै गोरखा सदरमुकामका पसलहरुमा किनमेल गर्नेहरुको घुइँचो लाग्न थालेको छ । खाद्यान्न, फेन्सी तथा कपडा पसल, भाँडाकुँडा पसल तथा होटल रेष्टुरेन्टहरुमा दिनदिनै मानिसको चाप बढेको छ ।


सडकमा खुल्ला राखिएको चटपट पानीपुरी खाने ठाउँहरुमा पनि मानिसको जमघट बाक्लो देखिन्छ । धेरै ग्राहक आएकोमा दङ्ग परेका व्यापारीले कोभिड १९ बाट बच्ने स्वास्थ्य सुरक्षाको नियम बारे ध्यान दिएका छैनन ।

ग्राहकहरुले पनि बिगत बर्षहरुमा झैँ पसलमा भीड लागेका छन् ।
लामो समयदेखि बन्द ब्यापार ब्यवशाय संचालन भएपछि ब्यबशायी ग्राहक देखेर दंग छन् । लामो समयदेखि हिडडुल गर्न नपाएकाहरु पसलमा भीड लागेको छ । सदरमुकामका कार्यालयमा काम सकेर गन्तब्य तर्फ जानमै हतार गरिरहेका देखिन्छन् ।


गोरखा चेम्वर अफ कमर्शका अध्यक्ष भाईचन्द्र श्रेष्ठले ब्यवशायीलाई बारम्बार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अनुरोध गरिरहेको बताए । ‘धेरै पटक भनेका छौँ, ब्यापारी र ग्राहक दुबैले आफु सुरक्षित हुन स्वास्थ्यमा ध्यान दिन मास्क लगाउने, सेनिटाईजर प्रयोग गर्ने, दुरी कायम गर्ने गर्नुको बिकल्प छैन ।’ सबै ब्यापारी ब्यवशायीलाई सार्वजनिक सुचना गरी उद्योग बाणिज्य संघले पनि आवस्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको जनाएको छ ।


तर अधिकांश ठूला ब्यापारी ब्यवशायीले नै हात धुने ठाउँ वा सेनिटाईजर ग्राहकको सुविधाका लागि राखेको देखिँदैन ।
कोरोना नियन्त्रण र रोकथामका लागि गठित जिल्ला स्तरिय सिसिएमसीको बैठकले ब्यापारी ब्यवशायीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न उद्योग बाणिज्य संघ र चेम्वर अफ कमर्शलाई अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्