| आइतवार, कार्तिक २२, २०८३

वीरगन्जमा थप चार कोरोना संक्रमितको मृत्यु

 वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई  तथा बारा र रौतहटका एक/एक जना छन् ।

तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्