| आइतवार, कार्तिक २२, २०८३

चितवन मेडिकल कलेजमा कोरोना परीक्षण रोकियो

चितवन मेडिकल कलेज (सीएमसी) ले सञ्चालन गरेको कोरोना परीक्षण प्रयोगशालामा प्राविधिक समस्या आएको छ । कलेजका प्रयोगशाला प्रमुख सञ्जय शाहले दिएको जानकारी अनुसार प्रयोगशालामा आएको प्राविधिक समस्याले तीन दिनदेखि कोरोनाको नमूना परीक्षण रोकिएको छ ।

उनले आवश्यक मर्मत लगायतका काम भैरहेको जानकारी दिए । मंगलवारबाट प्रयोगशालालाई नियमित रुपमा सञ्चालन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्