| आइतवार, कार्तिक २२, २०८३

अनसनरत डाक्टर केसीको समर्थनमा युथ कांग्रेसको ज्ञापन पत्र

युथ कांग्रेस नेपाल गोरखाले अनसनरत डाक्टर गोबिन्द केसीको मागमा समर्थन जनाउँदै गोरखा प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) लाई युथ कांग्रेस गोरखाका संयोजक संगमबाबु श्रेष्ठले बिभिन्न ६ बुँदे माग सहित आईतवार ज्ञापन पत्र बुझाएका हुन् ।


कार्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पूर्वांधार र जनशक्ति पु¥याएर एमबीबीएसका कार्यक्रम तत्काल संचालन गर्नुपर्ने, डाक्टर केसी सँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संसोधन गरिनुपर्ने माग युथ कांग्रेसको छ । बरिष्ठताका आधारमा नियुक्ती गरिनुपर्ने, बयलपाटा अस्पताललाई बजेटको ब्यवस्था गरी निशुल्क सेवा दिनुपर्ने माग गरिएको छ ।


यस्तै राज्यलक्ष्मी गोल्छा घुस काण्ड, प्रिन्टिङ प्रेस खरिद, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधी खरिद लगायत विषयमा दोषीलाई कानुनी कारवाही गर्न माग गरिएको युथ कांग्रेसका जिल्ला संयोजक संगमबाबु श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्