
सामुहिक आइसोलेशनमा ३३, होम आइसोलेशनमा १५ जना उपचाररत
सामुहिक र होम आइसोलेशनमा गरी गोरखामा ४८ जना कोरोना संक्रमितहरु अहिले उपचाररत छन् । सामुहिक आइसोलेशनमा ३३ जना र होमआइसोलेशनमा १५ जना उपचाररत रहेको गोरखा अस्पतालले जनाएको छ ।
गोरखा अस्पतालले गोरखा क्याम्पसमा संचालन गरेको आइसोलेशनमा अहिले ३३ जना कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । २५ जना पुरुष र ८ जना महिला आइसोलेशनमा रहेको ढकालले जानकारी दिए ।
गोरखा नगरपालिका तथा अन्य तीन पालिकाका केही संक्रमित भने होम हाइसोलेशनमा रहेका छन् ।
गोरखा नगरपालिका वडा नं. ६ का १ जना, वडा नं. ७ का चार जना, वडा नं. नौका एकजना र वडा नं. १३ का छ जना होम आइसोलेशनमा रहेका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।
त्यस्तै अजीरकोट गाउँपालिकाका १ जना, बारपाक सुलीकोटका एकजना र भीमसेन थापा गाउँपालिकाका एकजना पनि होम आइसोलेशनमा रहेका सम्बन्धित पालिकाहरुले जनाएका छन् ।
अहिलेसम्म अस्पतालको आइसोलेशनमा भर्ना भएका एक सय २८ बिरामी मध्ये ९१ जना डिस्चार्ज भइसकेका छन् ।
गोरखा नगरपालिकामा शुक्रबार साँझसम्म २३ जनाको मात्र रिपोर्ट आउन बाँकी ।




