
अब अन्यत्रबाट गुम्दा आउनेहरु क्वारेन्टिनमा
गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दा आउनेहरु अब क्वारेन्टिन बस्नुपर्ने भएको छ । वडा कार्यालयले शुक्रवार सुचना जारी गर्दै बिदेशबाट गाउँ आउनेहरु क्वारेन्टिन बसेर पिसिआर रिपोर्ट लिनुपर्ने निर्णय गरेको हो ।
जिल्ला बाहिरबाट गाउँ जानेहरु होम क्वारेन्टिनमा बस्नुपर्ने र पिसिआर जाँच गराएर त्यसको जानकारी वडा कार्यालयलाई गराउनुपर्ने वडा अध्यक्ष तुलबहादुर गुरुङले बताए । ‘जिल्ला भित्र आउने र जिल्ला बाहिर जानेले पनि वडा कार्यालयमा जानकारी गराउनुपर्छ’ अध्यक्ष गुरुङले भने ।
कोरोनाबाट सर्वसाधारण त्रसित भईरहेकाले चाडबाड मनाउन बिभिन्न ठाउँबाट गाउँमा मानिस आउँदा अझै त्रास धेरै हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको वडा कार्यालयले जनाएको छ ।





