
भच्चेक बजार आइतबारसम्म शील
गोरखाको भच्चेक बजार आइतबारसम्मका लागि शील गरिएको छ । बजारकी एक महिला व्यापारीमा कोरोना पोजेटिभ देखिएपछि बजार शील गरिएको अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।
‘सदरमुकामको धारापानीका संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा पिसिआर परीक्षण गर्दा भच्चेक बजारकी एक महिलाको पिसिआर रिपोर्ट पनि जोजेटिभ देखियो’, धितालले भने, ‘अब उहाँको कन्ट्याक ट्रेसिङ आइतबार गरिन्छ । त्यतिबेलासम्म बजार सिल गर्ने निर्णय भएको छ ।’ व्यापारी भएकाले धेरैतिर सम्पर्क भएको हुनसक्ने त्रासले बजार बन्द गरिएको उनले बताए ।




