
संविधान दिवसका अवसरमा तीन सय कैदी छाेड्ने तयारीमा सरकार
तीन सय कैदीलाई छाड्ने तयारी सरकारले गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले कारागारहरूकै सिफारिसमा ती कैदी छाड्ने निर्णय गर्ने भएको हो।
उनीहरूलाई संविधान दिवसका अवसरमा असोज ३ गते कारागार मुक्त गरिने तयारी सरकारले गरेकाे बताइएकाे छ ।
मौजुदा कानुनलाई विचार गरेर छाड्ने कैदीको सूची तयार पारिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलले बताए।
वर्षमा तीनपटक ज्येष्ठ नागरिक, ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीलाई बाँकी कैद मिनाहा गर्दै छाड्ने गरिएको छ।
गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसमा कैदीलाई सजाय छुट गरेर जेलमुुक्त गरिन्छ। यसबाहेकका समयमा समेत सरकारले निर्णय गरेर कैदी छाड्न सक्छ।




