| आइतवार, कार्तिक २२, २०८३

बिहिबार बिहानै गोरखामा २ जना कोरोना संक्रमित थपिए

आज(बिहिबार) गोरखामा दुई जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अजिरकोट गाउँपालिका ३ का ३० वर्षिय महिला र बारपाक सुलिकोट गाउँपालिका ३ का ५३ वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।


यस्तै छिमेकी पालिका आँबुखैरेनी गाउँपालिका ३ कि ३९ वर्षिय महिलालाई पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।

यससँगै बिहिबार गण्डकी प्रदेशका चार जिल्लामा २३ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्