| आइतवार, कार्तिक २२, २०८३

आज विश्वकर्मा पुजा, यसकारण पुजिन्छ मेसिन

आज विश्वकर्मा पुजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरीदै मनाईदै छ । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् ।

यातायात ब्यवशायी संघ संस्थाहरुले सामुयिक रुपमा र ब्यक्ति÷ब्यक्तिले घरघरमा आफ्ना मेसिन, औजार, सवारी साधन धोई पखाली पुजा गर्ने प्रचलन छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् ।

आज सवारी साधन मेसिनहरुको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्