| आइतवार, कार्तिक २२, २०८३

सम्पर्क बिहिन भएका संक्रमित पुरुष आरुघाट आइसोलेशनमा पुगे ।

गण्डकी होटलबाट सम्पर्क बिहिन भएका कोरोना पोजिटिभ देखिएका पुरुष सम्पर्कमा आएका छन् । आरुघाट गाउँपालिकाको मान्बु घर भएका पुरुष बुधबार बिहाना हरामटारीको गण्डकी होटलबाट सम्पर्क विहिन भएका थिए ।
उनी आरुघाटको भिमोदय माविको आइसोलेशनमा सम्पर्कमा पुगेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ । पोखरामा PCR परिक्षण गराई गोरखा आएका उनको बुधबार बिहाना कोरोना रिर्पोट पोजिटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्