| आइतवार, कार्तिक २२, २०८३

मुग्लिन-नारायणगढ सडक खुल्याे

 नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोनजिक सोमबार राति पहिरो जाँदा अवरुद्ध भएको सडककाे पहिरो पन्छाएर दुइतर्फी सवारी चल्न थालेका छन् ।

चार किलोको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि दुईतर्फी रुपमा यातायात सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरुपको दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । पहाड काटिएको ठाउँमा बर्खा लाग्दा हरेक वर्ष पहिरोले दुःख दिने गर्छ ।

प्रतिक्रिया दिनुहोस्