| आइतवार, कार्तिक २२, २०८३

पर्वतमा पहिरोमा परी ३ वर्षीया बालिकाको मृत्यु

फलेवास नगरपालिका-४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । आइतबार राति २ बजेदेखि घरमाथिबाट खसेको पहिरामा पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन् ।

परिवारका अन्य व्यक्ति भने पहिरो खसिरहेका अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरीचौकीले जनाएको छ । १२ जनाको संयुक्त परिवार बसेको घरमा पहिराले क्षति पुर्‍याएको हो ।

प्रतिक्रिया दिनुहोस्