
चितवनमा दुई वर्षका बालकसहित थप २८ जनामा कोरोना पुष्टि
चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालाले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु २ वर्षका बालक देखि ५५ वर्षीया महिलासम्म छन्।
संक्रमण पुष्टि हुनेहरूमा भरतपुर महानगरपालिकाका ११ जना, कालिका नगरपालिकाका १० जना, इच्छाकामना गाउँपालिकाका ६ जना र रत्ननगर नगरपालिकाका १ जना छन्।




