
प्रजिअसहित गोरखा नगरपालिकाका ४९ जनाको स्वाब संकलन
प्रमुख जिल्ला अधिकारी तीर्थराज भटटराईसहित गोरखा नगरपालिकाका ४९ जनाको स्वाब संकलन गरिएको छ । सामुहिक आइसोलेशन, होम आइसोलेशन र कन्ट्याक ट्रेसिङका गरी ४९ जनाको स्वाव संकलन गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।
सवारी चालकसहित दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रजिअ भट्टराईको पनि पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको नगरपालिकाले जनाएको छ । प्रजिअसहित जिल्ला प्रशासन कार्यालयका २१ जनाको पनि स्वाब संकलन गरिएको छ ।
त्यस्तै प्रजिअका सवारी चालकसहित आइसोलेशनमा रहेका तीन जना, धारापानीमा होम आइसोलेशन, होम क्वारेण्टिन र कन्ट्याक ट्रेसिङमा परेका २३ जना, वडा नं. ६ का आइसोलेशनका दुईजना गरी ४९ जनाको स्वाव संकलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए ।




