| बिहिबार, असार १०, २०८३

गोरखामा कोरोना संक्रमितको संख्या १९५, सक्रिय संक्रमित ६४ जना

गोरखामा कोरोना संक्रमितको संख्या १९५ पुगेको छ । गत जेठदेखि शनिबारसम्म १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


पहिलो पटक गत जेठ २३ गते जुम्लामा रहेका गोरखा मान्बुका एक नेपाली सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


हाल ६४ जना सक्रिय संक्रमितहरु आइसोलेशनमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १२९ जना भने यसअघि निको भएर घर फर्किसकेका प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कोरोना संक्रमणबाट अहिलेसम्म गोरखामै दुईजनाको मृत्यू भएको छ भने बिभिन्न अस्पतालमा कोरोनाका कारण मृत्यू हुने गोरखाबासीको संख्या तीन रहेको छ ।


त्यस्तै गोरखा घर भई अन्य जिल्लामा कोरोना संक्रमण हुनेहरुको संख्या १८ रहेको छ । उनीहरुमध्य आठजना अहिले पनि उपचाररत छन् भने सात जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्