| मङ्लबार, जेष्ठ ११, २०८३

गण्डकी प्रदेशमा शनिबार थपिए ४५ जना संक्रमित

 गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

शनिबार बिहान ११ बजे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा ४५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

 गोरखाको आरुघाट गाउँपालिकाको  एक जना , कास्कीमा १० जना र नवलपुरमा ३४ जना रहेको विज्ञप्तीमा उल्लेख छ । यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ८ सय ६५ पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्