
संक्रमित नदेखिएको धार्चेमा पालिकाको गतिविधि संचालन सुरु
संक्रमित नदेखिएको धार्चेमा पालिकाको गतिविधि संचालन सुरु कोरोना संक्रमणमुक्त धार्चेमा गाउँपालिकाको गतिविधि संचालन भईरहेको छ । आर्थिक वर्ष सकिएलगत्तै २०७६÷०७७ को साउनयता गर्नुपर्ने कामकाज केही समय ढिला भएपनि अहिले निरन्तर चलिरहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
एक सातायता मात्रै गाउँपालिकाले लक्षित बर्गका गाउँपालिका भित्रका बिपन्न, अपाङ्गता भएका परिवालाई खरायो बितरण ग¥यो ।
भदौ २४ र २५ गते आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक स्वास्थ्य समिक्षा कार्यक्रम सम्पन्न भएको अध्यक्ष गुरुङले बताए । सोही दिन कोभिड १९ को माहमारीमा धार्चे गाउँपालिका क्वारेन्टाईन केन्द्रमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथाम तथा सुरक्षा कार्यविधि २०७७ अनुमोदन गरियो ।
‘केही गैरसरकारी संस्थाले यस पालिकामा भित्र काम गर्ने समय सकिँदैछ’ उनले भने ‘ती संस्थाको सहकार्यमा हुने काम पछि नहुन सक्ने भएकाले अहिले गरिहेका छौँ ।’ गत वर्ष भएका कार्यक्रमको बारे छलफल, सुधार र योजना बनाउने काम पनि चलिरहेको उनले बताए । ‘सामाजिक दुरी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छौँ’ अध्यक्ष गुरुङले भने ।
समुदाय स्तरमा भेला हुने खालका बाहेक जनप्रतिनिधि, कर्मचारी र गैरसरकारी संस्थाको सहकार्यमा हुने काम चलिरहेको उनले बताए ।
‘पिसिआर परीक्षणको रिपोर्ट पनि अहिले सम्म नेगेटिभ आएको छ, अझै केही रिपोर्ट आउन बाँकी छ’ उनले भने ‘हामी सुरक्षित भएर काम पनि अघि बढाउँदै लैजाने योजनामा छौँ ।’




