
न पैसा, न माहोल : खल्लो हुन सक्छ यसपालिको दशैं
नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपालि भने कोरोनाका कारण माहोल अर्कै छ ।
काठमाडौं उपत्यकाका बुधबारसम्म त कडा निषेधाज्ञा नै थियो । तीन साता लामो निषेधाज्ञा बिहीबारबाट खुकुलो बनाइयो । केही बन्देजहरुसहित बजार नियन्त्रितरुपमा खुला गरिएको छ । पसलहरु खोल्न बार तोकिएको छ । के अबका दिनमा बजारमा दशैंको चहलपहल सुरु होला त ?
सरकारले निषेधाज्ञा खुकुलो गरेको कोरोना संक्रमण घटेर होइन । अहिले पनि संक्रमण बढ्दो क्रममा नै छ । लामो समयको निषेधाज्ञाले दैनिक काम गरेर खानुपर्ने बर्गलाई रोजिरोटीमै समस्या आएको थियो । त्यही दवावले गर्दा निषेधाज्ञा खुकुलो बनाइएको हो । निषेधाज्ञा खुल्यो भनेर निस्फक्री हिँडडुल गर्ने अवस्था छैन ।




