| आइतवार, कार्तिक २२, २०८३

पहिरोले विस्थापीत परिवारलाइ जनता समाजवादी युवा संघको सहयोग

दराैँदी समाचारदाताः अजिरकोट १ धन्सिरा साउनेपानीका पहिरो पिडितले जनता समाजवादी युवा संघले राहत सामाग्री प्रदान गरेका छ । जनाता समाजवादी युवा संघ गोरखा तथा जापानमा बस्दै आएका जनता समाजवादी पार्टी जापानशाखाका महासचिव तथा समाजसेवी अजिरकोट १ निवासी मोती गुरुङको पहलमा जापान र बेलायतमा बस्दै आएका विभिन्न महानुभावहरुले पहिरोले बगाएका ६ घर परिवारलाई खाद्यान्न लगायतका समाग्रीहरु वितरण गरिएको छ ।


केहि समय अघि अविरल वर्षाका कारण अजिरकोट १ धन्सिरा साउनेपानीका ६ घर परिवार पहिरोले पूणर्रुपमा विस्थापित भएका थिए । सबै अहिले त्रिपाल र अस्थाई टहरामा बस्दै आईं रहेका छन ।


अजिरकोट गा.पा.४का अध्यक्ष जंग बहादुर गुरुङ र जनता समाजवादी युवा सघं गोरखाका अध्यक्ष मन बहादुर तामाङको लगायत अन्य व्यक्ति हरुको उपस्थिति कार्यक्रम सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा जनता समाजवादी युवा सघं अजिरकोट गाउपालिका अध्यक्ष पुणर् बहादुर घलेको अध्यक्षता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्