| मङ्लबार, जेष्ठ ११, २०८३

स्याङ्जामा पाँच कर्मचारीसहित १२ जनामा कोरोना पुष्टि

स्याङ्जाको पुतलीबजारमा बिहीबार १२ जना कोरोना संक्रमित थपिएका छन्। थपिने सबै कन्ट्याक्ट ट्रेसिङ्बाट स्वाब परीक्षण गराएका हुन्। मालपोतका कर्मचारी, वडा सचिव र संक्रमित जुवाडेका आफन्तसहित १२ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमित हुनेमा ५ महिला र ७ पुरुष छन्। संक्रमित मध्ये ५५, ३८, ३६, ३१, २५, ४१, ५२ वर्षीय पुरुष र २७, ३३, ५३, ६०, २६ वर्षीया महिला रहेको प्रादेशिक स्वास्थ्य कार्यालय पोखराले जनाएको छ। 

संक्रमितका प्रत्यक्ष सम्पर्कमा रहेकाको कन्ट्याक ट्रेसिङ्का आधारमा गरिएको पीसीआर परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको पुतलीबजार नगर स्वास्थ्य प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्