| बुधबार, असार ९, २०८३

शुरेस वाग्ले र भिमसेन वैरागीको स्मृती दिबस मनाइयो

दश वर्षे माओवादी शसस्त्र सर्षघमा मारिएका शुरेश वाग्ले बासु र भीमसेन पोखरेल बैरागीको स्मृती दिवस गोरखाका बिभिन्न ठाउँमा फरक फरक कार्यक्रम गरि मनाइएको छ ।

नेपाल कम्युष्टि पार्टी नेकपा, जनता समाजवादी पार्टी, बैद्य र विप्लव निकटका कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै रुपमा दिवश मनाएका छन् । माओवादी संघर्षका बेला मारिएका सबैभन्दा उच्च पदस्तका कमाण्डर सुरेश वाग्ले रहेका थिए ।

यसैवीच वाग्लेको जन्मथलो पालुङटार २ बासु स्मृती प्रतिस्ठानले पनि मंगलवार एक कार्यक्रम गरेको छ । स्थानीय कमला वाग्लेको अध्यक्षता तथा पूर्व शिक्षक एवं स्थानीय वृद्धिजिवि रामजी प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम विष्णु बहादुर बानियाँ र दिपक घिमिरेले मन्तव्य राखेको स्थानीय सुबास घिमिरेले बताए ।

नेकपाको पार्टी कार्यालय पाटेचौरमा जिल्ला इन्चार्ज कृष्ण धितालको उपस्थितीमा मंगलवार शहिदको तस्विरमा माल्र्यापण गरिएको थियो । २०४७ सालदेखि शिक्षण पेशा छोडेर कम्युनिष्ट राजनीतिमा होमिएका नेता वाग्ले माआबोदीले जनयुद्धको थालनी गरेसंगै भूमिगत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्