
सौरपानी र पालुङटारको दुईवटा वडा सिल
गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी र पालुङटार नगरपालिका वडा नम्बर २ सिल गरिएको छ ।
समुदाय स्तरमा कोरोना संक्रमण फैलन नदिन र हाल जिल्लामा देखिएका संक्रमितहरुको सम्पर्कमा आएको हुनसक्ने व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङ गर्नका लागि सिल गरिएको उक्त वडाहरुले छुट्टाछुट्टै सुचना निकालेर जनाएका छन् ।
बारपाक सुलिकोटको वडा नम्बर ३ र ४ का ५७ जनाको स्वाब संकलन भईसकेको छ । पालुङटार २ पनि कन्ट्याक्ट टेसिङको तयारी भइरहेको वडा कार्यालयले जनाएको छ । निधेषआज्ञा जारी भएको ठाउँमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन् ।
गोरखा नगरपालिका सहित जिल्लाका विभिन्न स्थानहरुमा पनि अहिले निषेध आज्ञा जारी छ । कतिपय स्थानमा भने सिल समेत गरिएको छ ।




