| बुधबार, असार ९, २०८३

बारपाक सुलीकोट र सिरानचोक गाउँपालिकाको व्यवस्थापनमा गाउँलेलाई मल

देशभर मल आपूर्तिको तनाब भइरहेका बेला सिरानचोक र बारपाक सुलीकोट गाउँपालिकाले व्यवस्थित तरिकाले किसानलाई मल वितरण गरेका छन् ।

बारपाक सुलीकोट गाउँपालिकाले ढुवानी अनुदानमा किसानलाई मल उपलब्ध गराएको छ र सिरानचोक गाउँपालिकाले कृषि सञ्जाल गठन गरी टोलटोलमा मल पु¥याएको छ ।

‘वीरगञ्जबाट मल आउँदैछ भन्ने थाहा पाउनेवित्तिकै हामी गाडी लिएर छेपेटारको उपभोक्ता सहकारी जिल्ला संघको कार्यालयमा पुग्यौँ’, सो काममा लागेका बारपाक सुलीकोट गाउँपालिकाका ७ का वडाअध्यक्ष कृष्ण गुरुङले भने, ‘गाउँपालिकाले ढुवानीका लागि अनुदान दियो ।

हामीले मल ल्याएर जनप्रतिनिधिको रोहबरमा किसानलाई मल वितरण ग¥यौँ ।’ पहिलो चरणमा एकसय २० बोरा मल ल्याएर वितरण गरेको उनले बताए । ‘पहिलो चरणमा वडा नं. ४, ५, ६, ७ र ८ मा वितरण ग¥यौँ’, उनले भने, ‘अब दोस्रो चरणमा पनि ल्याउने छौं । अरु बाँकी वडामा वितरण गर्ने छौँ ।’

सिरानचोक गाउँपालिकाले पनि गाउँपालिकास्तरीय कृषि सञ्जाल बनाएर मल ल्याएर वितरण गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए । ‘हामीले मल, बिउ लगायत विभिन्न क्षेत्रमा काम गर्नका लागि गाउँपालिकास्तरीय र वडास्तरीय कृषि सञ्जाल बनाएका थियौँ । गाउँपालिकास्तरीय सञ्जालले मल ल्यायो ।

वडास्तरीय सञ्जालको समन्वयमा टोलटोलमा मल लगेर बाँड्यौँ’, उनले भने, ‘चैत महिनामा ढुवानी अनुदानमा मल ल्याएका थियौँ तर यसपटकचाहिँ अनुदानको व्यवस्था गर्न सकिएन ।

सहज तरिकाले किसानको घरघरमा मल पु¥यायौँ ।’ दुईसय २० बोरा मल वितरण गरेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्