
जौवारीका प्रहरी निरिक्षक लौडारी ‘पुलिस अफ द मन्थ’
राम्रो कार्य सम्पादन गरेको भन्दै गोरखा प्रहरीले सिरानचोक गाउँपालिका जौवारी स्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक इन्सपेक्टर इश्वर लौडारीलाई सम्मान गरेको छ ।
गत वर्षदेखि प्रहरीले सुरु गरेको ‘पुलिस अफ द मन्थ’ कार्यक्रम मार्फत साउन महिनामा राम्रो काम गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
प्रहरीले एक महिना भर उत्कृष्ठ काम गर्ने अधिकृत एवं जवान मध्येबाट एक जनालाई पुरस्कृत गर्ने गरेको छ । पुरस्कृत प्रहरीको फोटो एक महिना भर जिल्ला प्रहरी कार्यालयको गेट अगाडी राख्ने गरिन्छ ।
प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले उत्कृष्ठ काम गरेको भन्दै लौडारीलाई सम्मान गरेका थिए ।




