| आइतवार, कार्तिक २२, २०८३

अर्को वर्षको मध्यपछि मात्र कोभिडविरुद्धको खोप : विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने उनले बताए । ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा भने मलाई लाग्छ यो खोप बजारमाा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ ।

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सकने देखिएको भन्दै त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्