| आइतवार, कार्तिक २२, २०८३

स्यानिटाईजर भन्दा साबुनपानीले हात धुनु राम्रो

विज्ञहरुले साबुनपानी उपलब्ध नभएको ठाउँमा मात्र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका छन् ।

कोरोना भाइरसको रासायनिक तत्वलाई बिथोल्न मनतातो पानी र साबुन जति प्रभावकारी केही नभएको भन्दै विज्ञहरुले उपलब्ध र संभव भएसम्म साबुनपानीले २० सेकेण्ड हात धुनु नै बुद्धिमानी हुने बताएका हुन् ।

पानी एक्लैले भने भाइरसलाई निस्क्रिय बनाउन नसक्ने भन्दै गिलभर्टले साबुनपानीले २० सेकेण्ड हात धुनु भाइरस निस्क्रिय पार्न पर्याप्त रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

स्यानिटाइजर साबुनपानी नभएको अवस्थाका लागि मात्र भएको र यसले कतिपयको छालामा समस्यासमेत ल्याउन सक्ने भन्दै विज्ञहरुले साबुनपानीलाई नै रोज्न आग्रह गरेका छन् ।

यस्तै पछिल्लो समयमा सजिलोका लागि ह्याण्डवासको प्रयोग गर्ने क्रम बढेको भन्दै विज्ञहरुले त्यस्ता एण्टिभाइरलले भविष्यमा अरु समस्या देखिने जोखिम रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्