| सोमवार, कार्तिक २३, २०८३

अब रेडियो, टिभि र अनलाईबाट पढाई, तत्काल स्कुल नखुल्ने

कोरोना भाइरस संक्रमण बढिरहेका बेला तत्काल विद्यालय नखुल्ने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिव विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय गरेको छ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार रेडियो, टेलिभिजन, पाठशाला र भर्चुअल कक्षा गरी चारवटै तरिकाबाट वैकल्पिक शिक्षा सञ्चालन भइरहेका छन्।

सुगमदेखि दुर्गमसम्मका विद्यार्थीले घर नै शिक्षालय वा घरमै बसेर वैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिनुपर्ने उनले बताए।

विद्यार्थीहरूले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिनेमध्ये कुनकुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ,’ उनले भने।

करिब ९० लाख विद्यार्थीहरु नियमित पठनपाठनबाट बञ्चित छन्। पठनपाठन सुचारु हुन नसक्दा उनीहरुमा अन्योलता छाएको छ भने आफ्ना बालबच्चाको शिक्षाप्रति अभिभावकको चिन्ता बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्