
गोरखा अस्पतालमा उपचाररत एक महिलाको मृत्यू,अस्पतालको इमर्जेन्सी बन्द
गोरखा अस्पतालमा उपचार गराउन गएकी महिलाको मृत्यू भएपछि गोरखा अस्पतालको इमर्जेन्सी सेवा बन्द गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर ७ कि ७५ वर्षिय महिला अचेत अवस्थामा आज गोरखा अस्पतालमा उपचार गराउन गएको र उपचारको क्रममा मृत्यू भएको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नबिन थापाले सुचना जारी गर्दै मृतक महिलाको पिसिआर रिपोर्ट नआउँदा सम्म गोरखा अस्पतालका इमरेजन्सी सेवा बन्द भएको बताए । कोरोना संक्रमण भए नभएको जानकारी नआउँदा सम्म इमर्जेन्सी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
इमर्जेन्सी बन्द हुँदा चिकित्सक सँग परामर्श लिनु परेमा ०६४४२०२०८, ९८५६०४०२५५ र ९८४६०२९३५५ मा फोन सम्पर्क गरेर परामर्श लिन अस्पताललेअनुरोध गरेको छ ।




