| आइतवार, कार्तिक २२, २०८३

जिल्लाका बिभिन्न ठाउँमा निषेधाज्ञा

गोरखा नगरपालिकाको वडा नम्बर १०, ११, १२, १३ र १४ सिल भएको छ । वडा नम्बर १३ मा एकै पटक धेरै जनालाई संक्रमण पुष्टि भएपछि गत सोमवार देखि नगरपालिकाले ति वडा सिल गरेको हो । वडा नम्बर १० र १२ मा पनि संक्रमण देखिएको थियो ।

पालुङटार नगरपालिकाले वडा नम्बर १ र ९ सिल गरेको छ । गोनपा १० मा एक स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि ति वडा सिल गरिएको नगरप्रमुख दिपकबाबु कंडेलले बताए ।

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ७ को पाँचखुवा देउराली बजार भदौ १४ गतेदेखि सील गरिएको छ ।
स्थानीय ४० जनाको पिसिआर संकलन गरी परीक्षण गर्न पठाइएकाले नतिजा नआउञ्जेलका लागि बजार सिल गरिएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

आरुघाट गाउँपालिका पनि सिल गरिएको छ । सँगै जोडिएको धादीङको त्रिपुरा सुन्दरी गाउँपालिकामा धेरै जनामा एकै पटक संक्रमण देखिएपछि बजार क्षेत्र सिल गरिएको गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बताए ।

भदौ १५ गतेदेखि सुरु भएको आरुघाट बजारक्षेत्रमा निषेधाज्ञा २३ गते सम्म रहने गाउँपालिकाले जनाएको छ ।
चुमुनब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिबास पनि सिल गरिएको छ । गाउँपालिका प्रवेश गर्ने मुख्य नाका र बजार क्षेत्र रहेकाले सिर्दिबासँ सिल गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्