| आइतवार, कार्तिक २२, २०८३

गोरखामा आज १६ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिका वडा नं १३ का १४ र शहिदलखन गाउँपालिका १, अजिरकोट गाउँपालिकाका १ जना गरी गोरखामा आज १६ जना कोरोना संक्रमित थपिएका छन् ।

वडा नं १३ मा संक्रमण पुष्टि भएकामध्ये ६जना पुरुष, ९ जना महिला छन् । ३ वर्षिय बालिका सहित ८,१२, २०, ६०, ५०, ३३, २८, ५०, २९, २६, ४२, २६, ३०, वर्ष उमेर समुहका र अजिरकोट गाउपालिकाका २४ वर्षिय पुरुषमा  कोरोना संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाले जनाएको छ ।

शहिदलखन गाउँपालिकाका ब्यक्तिको पनि गोरखा नगरपालिका १३ मा स्वाब लिइएकाले ठेगाना गोनपा १३ देखिएको छ । शहिदलखन गाउँपालिकाका ४५ वर्षिय एक पूरुषलाई कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्