| आइतवार, कार्तिक २२, २०८३

४० संक्रमित थपिए गण्डकी प्रदेशमा

गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्