| आइतवार, कार्तिक २२, २०८३

क्वारेन्टिन अझै ब्यवस्थित गर्न नेकपा नगर कमिटिको माग

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नगर संगठन कमिटिले बिज्ञप्ती जारी गर्दै क्वारेन्टिनलाई अझै ब्यवस्थित गर्न माग गरेको छ । कोभिड १९ को संक्रमण र ब्यवस्थापनमा स्थानीय सरकार र प्रशासनको ध्यान अझै धेरै केन्द्रित हुनुपर्ने नेकपाले गठन गरेको कोभिड १९ सचेतना तथा ब्यवस्थापन समितिका संयोजक कृष्ण रानाले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

गोरखा नगरपालिका १०मा संचालित क्वारेन्टिनमा तारबार गर्नुपर्ने, अन्यत्रबाट आएर होटल क्वारेन्टिनमा बस्दा सर्वसाधारणको खर्च धेरै भएकाले सरकारी क्वारेन्टिनमा बस्ने ब्यवस्था गर्न पनि नगर संगठन कमिटिले प्रशासन र स्थानीय सरकार सँग माग गरेको छ ।

कोभिड १९ का कारण ब्यापारी, ब्यवशायी, किसान मजदुर सबै संकटको अवस्थामा रहेकाले उचित संवोधन गर्नुपर्नेमा जोड दिइएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि नियन्त्रण गर्नुपर्ने कुरालाई नियन्त्रण गर्दै अघि बढ्न नेकपाले जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार र सम्वद्ध सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्