
डेढ महिनामा अवैध रुपमा नदीजन्य पदार्थ ओसार्ने १० वटा ट्याक्टर प्रहरी नियन्त्रणमा
गोरखा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी ढुवानी गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका वडा नम्बर ११ बाह«किलोबाट प्रहरीले ना ६ त ३६४२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
ट्याक्टरलाई कारवाहीका लागि बिहिवार नै गोरखा नगरपालिका पठाएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए । आर्थिक वर्ष २०७७/७८ को साउन यता प्रहरीले बिभिन्न समयमा अवैध उत्खनन गरेर नदीजन्य पदार्थ ढुवानी गर्ने १० वटा ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिएका सवारी साधन सम्ंबन्धित स्थानीय तहमा कारवाहीका लागि पठाउने गरेको एसपी गुरुङले बताए ।




