
पाँचखुवा देउराली बजार सिल
बारपाक सुलीकोट गाउँपालिका वडा नं. ७ को पाँचखुवा देउराली बजार गत १४ गतदेखि सील गरिएको छ ।
स्थानीय ४० जनाको पिसिआर संकलन गरी परीक्षण गर्न पठाइएकाले नतिजा नआउञ्जेलका लागि बजार सिल गरिएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।
बारपाक सुलीकोट प्रवेश गर्ने नाका, धार्चे र आरुघाट गाउँपालिकाका केही गाउँहरु जाने मुख्य बजार भएकाले व्यापारी, ड्राइभर तथा मजदुरहरुको पिसिआर परीक्षण गरिएको अध्यक्ष गुरुङले बताए ।




