| आइतवार, कार्तिक २२, २०८३

बाग्लुङ बाढी अपडेट : ११ को मृत्यु, ३० भन्दा बढी अझै बेपत्ता

बागलुङ ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यो सँगै बेपत्ता हुनेको संख्या पनि ठूलो संख्या देखिएको छ । जिल्ला प्रहरी कार्यालय  बागलुङका अनुसार ३० जना भन्दा बढी बेपत्ता भएका छन् ।

बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा प्रत्यक्ष पुगे पछि दोब्बर बढी संख्यामा मानिसहरु बेपत्ता भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३१ बढी घर बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्