
पालुङटारको राधाकृष्ण मन्दिरबाट चन्दाबाकस चोरी
हेलन गुरुङ
पालुङ्टार नगरपालिका ५ ठाँटीपोखरीको राधाकृष्ण मन्दिरको चन्दाबाकस चोरी भएको छ । बुधबार राती करिब एकबजेतिर चन्दाबासक फुटाएर चोरी भएको प्रहरीले जनाएको छ ।
‘राती करिब एक बजेतिर राधाकृष्ण मन्दिरको चन्दाबाकस फुटाएर केही पैसा लगेको, केही छताछुल्ल फालेर गएको अबस्थामा भेटियो’, इप्रका ठाँटीपोखरीका प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले भने, ‘चोरीमा संलग्नको खोजी कार्य भइरहेको छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन ।’




