| सोमवार, कार्तिक २३, २०८३

सिएमए, अनमी, ल्याब असिस्टेन्ट खारेज नगर्न गोरखाका प्राविधिक शिक्षालयको माग

सरकारले चालु शैक्षिक सत्रमा खारेज गर्न लागेको डिप्लोमा मुनीका स्वास्थ्य शिक्षा कार्यक्रमहरु सिएमए, अनमी, ल्याब असिस्टेन्ट र आयुर्वेद सहायक तहको पढाई खारेज नगर्न माग गरिएको छ ।

गोरखामा रहेका प्राविधिक शिक्षालयहरुले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै ति कार्यक्रम नहटाउन माग गरेका हुन् ।
गोरखा प्राविधिक प्रशिक्षण केन्द्र, गोरखा साईन्स एण्ड टेक्निकल एजुकेशन सहकारी र यती टेक्निकल एजुकेशन एण्ड मल्टिपल कलेजले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

कोभिड १९ को संक्रमणको जटिल अवस्थामा पनि यस अघि उत्पादित जनशक्तिले निरन्तर सेवा गरिरहेको अवस्थामा कार्यक्रम नै खारेज गर्नु ब्यवाहारि नभएको प्राविधिक प्रशिक्षण केन्द्रका अध्यक्ष चन्दनबाबु खत्रीले बताए ।

‘लामो समय देखि संस्थाहरु बन्द रहेको र सरकारबाट राहतको अपेक्षा गरिरहेका बेला उल्टै कार्यक्रम खरेज गर्नु ब्यवाहारिक भएन’ उनले भने ‘यसले निजी विद्यालय र संस्थापक माथि अन्याय भएको छ ।’
यो शैक्षिक सत्रका लागि सिटिईभिटले आवश्यक दस्तुर समेत जम्मा गराईसकेको तर स्वास्थ्य कार्यक्रम नबिकरणको सुचिमा नपर्नूले संम्बन्धन नै खारेज भएको होकी भन्ने चिन्ता प्राविधिक शिक्षालय चलाउनेहरुको छ ।

गोरखा प्राविधिकका अध्यक्ष चन्दनबाबु खत्री, गोरखा साईन्स एण्ड टेक्निकल एजुकेशन एण्ड मिल्टपल कलेजका सचिव नारायण खत्री, यति टेक्निकलका निर्देशक बिजय पुडासैनीले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी भट्टराईले तत्काल प्रधानमन्त्री कार्यालयमा उक्त ज्ञापन पत्र पठाउने आश्वासन दिए ।

 

प्रतिक्रिया दिनुहोस्